Chords

Mahan Ishwor Bicharchu

१. महान् ईश्वर बिचार्छु काम तपाईंको, अचम्मको जो सृष्टि गर्नु भो' हेर्छु तारा, सुन्छु गर्जन् डरलाग्दो, प्रकट सामर्थ संसारमा तपाईको ।

  • को : प्रशंसा होइरहोस् ईश्वरको, कति महान, कति महान् (२)

  • २. पहाड-पर्वत, जंगल म जब घुम्छु , पंक्षीहरू म सुन्छु गाएको सुन्दर पहाडदेखि म तल हेर्छु, कलकल आवाज खोलाको सुन्दछु ।

  • ३. जब पिताले एकलौटे पुत्रलाई पठाए जगमा पाप उठाउनलाई मेरो बद्ली क्रूसैमा उनी चढी, उद्धार मेरो गरे रगत बहाई।

  • ४. जयध्वनीसाथ येशू संसारमा आउँछन्, असीम आनन्दसाथ लैजान्छन् वहाँ विनम्रसाथ उनलाई वहाँ पुज्नेछु, महान् ईश्वरको गर्छु प्रशंसा ।